नेपाली समय Loading...२०८२ भाद्र ५ बिहीबार

ओखलढुङ्गामा कुलोबाट लडेर एक महिला गम्भीर घाइते 

ओखलढुङ्गान्युज, असार ४ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ३ मा कुलोबाट चिप्लिएर लड्दा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा सिद्धिचरण नगरपालिका वडा नम्बर ३ लामी सोती बस्ने अन्दाजी वर्ष २८ कि तोमा गिरी रहेकी छन् ।

बुधबार दिउँसो २ बजेतिर घरबाट खेतमा जाने क्रममा खेत नजिकै रहेको कुलोबाट चिप्लिएर अन्दाजी २०० मिटर तल झरी गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । गिरी कुलोबाट लडेको थाहा पाउनासाथ उद्धारका लागि स्थानीयवासी खटेका थिए ।

स्थानीयले उद्धार गरी घाइते गिरीलाई सामुदायिक अस्पताल मिसन सोब्रु ओखलढुङ्गामा ल्याएका थिए । घाइते गिरीको अहिले सामुदायिक अस्पताल मिसन सोब्रुमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।