लिखुमा रुद्राक्षको माला बनाउने तालिम सुरु
ओखलढुङ्गान्युज, असार ३ यसम । लिखु गाउँपालिकाको यसममा आजबाट रुद्राक्षको माला बनाउने तालिम सुरु भएको छ । लिखु गाउँपालिकाको यसममा रहेको बजार व्यबस्थापनको हलमा तीन दिने रुद्राक्षको माला बनाउने तालिम सुरु भएको हो ।
सामुदायीक वनमा उद्यमशीलता अभिबृद्धि कार्यक्रम अन्तर्गत लिखु गाउँपालिकामा रहेका सामुदायीक वनका सदस्यहरुलाई लक्षित गरेर तालिमको आयोजना गरेको डिभिजन वन कार्यालय ओखलढुङ्गाका योजना अधिकृत अस्मिता न्यौपानेले जानकारी दिईन् । पछिल्लो समय सामुदायीक वनका सदस्यहरुले रुद्राक्षको बोट रोप्ने क्रम बढेको भएपनि फल भने त्यसै खेर गैरहेकोले त्यसको उपयोग गर्नुका साथै वनका सदस्यहरुको आय आर्जनमा टेवा पु¥याउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको न्यौपानेको भनाई छ ।
आजबाट सुरुवात भएको तालिमको लिखु गाउँपाकिलाका प्रबक्ता एवम् लिखु गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहन कार्की तथा वडा नं. ४ का वडा अध्यक्ष घन बहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । तालिममा लिखु गाउँपालिका वडा नं. ३, ४ र ५ का २० जनाले सहभागीता जनाईरहेका छन् । उद्घाटन कार्यक्रम डिभिजन वन कार्यालय ओखलढुङ्गाका योजना अधिकृत अस्मिता न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको हो ।