नेपाली समय Loading...२०८२ असार १ आईतवार

लिखु गाउँपालिकामा महिलाका लागि तिनदिने उदघोषण तालिम सुरु

 

ओखलढुङ्गान्युज, जेठ ३१ यसम । जिल्लाको लिखु गाउँपालिकामा आजबाट तिनदिने उदघोषण तालिम सुरु भएको छ । तालिमको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाँउपालिका अध्यक्ष कार्कीले यो तिनदिने तालिम महिला दिदीबहिनीहरूको लागि उपलब्धि मुलक रहने विश्वास ब्यक्त गरे । उदघोषण कलाले तालिममा सहभागी यस पालिकाका महिला दिदीबहिनीहरूको बोल्ने कला तथा बैठकमा के र कसरी निर्णय लेख्ने भन्ने कलाको समेत विकास हुने विश्वास रहेको बताए ।

त्यस्तै कार्यक्रममा गाँउपालिका उपाध्यक्ष अस्मिता थापाले संघीय सशर्त अनुदानको महिलाको क्षमता विकास कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको बताइन् । तालिमले तालिममा सहभागी महिला दिदीबहिनीहरुको बोल्ने, निर्णय लेख्ने, सभा तथा कार्यक्रमहरुमा कलात्मक रुपमा आफ्नो विचार प्रस्तुत गर्न सक्षम हुने अपेक्षा रहेको बताइन् ।

तालिममा पत्रकार एस वि जेरो राइ र मैया राइको प्रशिक्षण सहजिकरण रहनेछ । तालिमको लिखु गाँउपालिकाले आयोजना गरेको हो ।