नेपाली समय Loading...२०८२ भाद्र ५ बिहीबार

एमाले लिखु काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा रवि श्रेष्ठ निर्वाचित

ओखलढुङ्गान्युज, जेठ २६ काठमाण्डौं नेकपा एमाले ओखलढुङ्गाको लिखु गाउँपालिका–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा रवि कुमार श्रेष्ठ सर्बसम्मत निर्वाचत भएका छन् । आईतबार काठमाण्डौंमा सम्पन्न भएको भेलाले श्रेष्ठको नेतृत्वमा सर्बसम्मत २१ सदस्यिय लिखु–काठमाण्डौं सम्पर्क समितिको चयन गरेको हो ।

भेलाले अध्यक्षमा श्रेष्ठसँगै उपाध्यक्षमा फडिन्द्र बहादुर बुढाथोकी, सचिवमा खम्ब बहादुर पौडेल, उपसचिवमा ओम कुमार बम्जन र कोषाध्यक्षमा गणेश खत्रीलाई सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै सदस्यहरुमा शिव सुवेदी, रेवत श्रेष्ठ लगायत रहेका छन् । सम्पर्क समितिको अध्यक्ष पदमा धेरैजनाको दाबी रहेको भएपनि अन्तिममा श्रेष्ठको नाममा सहमती जुटेको थियो । समितिमा पार्टीले ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको भएपनि मेजर पोष्टमा महिला अटाएका भने छैनन् । समितिले शनिवार पूर्णता पाउने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा लिखु गाउँपालिका ईञ्चार्ज नानिबाबु बुढाथोकी, नेकपा एमाले केन्द्रिय सम्पर्क समन्वय सदस्य तथा ओखलढुङ्गा काठमाण्डौं सम्पर्क मञ्चको ईञ्चार्ज सुरेन्द्र बोगटी, नेकपा एमाले जिल्ला कमिटिका उपसचिव अस्मिता थापा लगायतले नवनिर्वाचित श्रेष्ठको टीमलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।