नेपाली समय Loading...२०८२ जेष्ठ २९ बिहीबार

ओखलढुङ्गा भलिबलमा क्वाटर फाईनल, कबड्डीमा फाईनल प्रबेश

ओखलढुङ्गाको छात्र कबड्डी टीम

ओखलढुङ्गान्युज, जेठ २५ ओखलढुङ्गा कोशी प्रदेशको विराटनगरमा जारी कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको दोश्रो दिन छात्र कबड्डीमा ओखलढुङ्गा फाईनल प्रबेश गरेको छ । फाईनल प्रबेश गर्दै ओखलढुङ्गाले मोरङ जिल्लासँगको भेटलाई पक्का गरेको हो ।

आज भएको सेमिफाइनल खेलमा पाँचथर जिल्लालाई पराजित गर्दै ओखलढुङ्गा जिल्लाको छात्र टिमले फाईनलमा मोरङसँगको भेटलाई पक्का गरेको हो । आज नै भएको कबड्डी छात्रा तर्फको क्वाटरफाईनल खेलमा मोरङ जिल्लासँग नै पराजित हुँदै छात्राको टिम भने खेलबाट बाहिरीएको छ ।

८०० मीटर दौडमा स्वर्ण पदक विजेता रम्झिना राई

आज भएको ४ ईन्टु ४०० रिले दौड प्रतियोगितामा ओखलढुङ्गाको छात्र टिम तेश्रो बन्दै कास्य पदकमा चित्त बुझाएको छ । एथलेटिक्स विधामा आज सम्पन्न ८०० मिटर छात्राको दौडमा ओखलढुङ्गाकी रम्झिना राई प्रथम बन्दै स्वर्ण पदक प्राप्त गरेकी छन् । विवादित बनेको छात्र तर्फको ज्याब्लिङ थ्रो विधामा भने ओखलढुङ्गाले दोश्रो बन्दै रजत पदक प्राप्त गरेको छ । निर्णायकहरुले विवादित निर्णय गर्दा प्रथम भएको ओखलढुङ्गा जिल्ला दोश्रो बनेको खेलमा सहभागी अविभावकले जनाएका छन् ।

भलिवल विधा तर्फ आज नै भएको लिग चरणको खेलमा ईलाम र उयपुरलाई पराजित गर्दै छात्रा भलिबलको टिम क्वाटर फाईनल प्रबेश गरेको छ । त्यस्तै छात्र तर्फ पनि पाँचथर र उदयपुरलाई पराजित गर्दै ओखलढुङ्गा जिल्ला छात्र भलिवल टीमले क्वाटरफाईनलको यात्रा तय गरेको छ । प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरुको शोमबार नै फाईनल हुने गरि सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए ।