ओखलढुङ्गामा एक पुरुष लडेर गम्भीर घाइते
प्रकासित मिति : २०८२, २४ जेष्ठ शनिबार १४:०८
प्रकासित समय : १४:०८
ओखलढुङ्गान्युज, जेठ २४ ओखलढुङ्गा । ओखलढुङ्गामा एक पुरुष लडेर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानीको भालथुमका बस्ने अन्दाजी वर्ष ५५ का टेकबहादुर मगर रहेका छन् ।
बाटो हिँड्ने क्रममा मगर भालथुमका जन्तरखानी सडक खण्डको डिल सडकबाट शनिबार बिहान १०:३० बजेतिर चिप्लेर लड्दा सडकबाट अन्दाजी २० मिटर तल खस्न पुगेका थिए । सडकबाट खसेर घाइते भएका मगरलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला सामुदायिक अस्पताल मिसन सोब्रुमा ल्याएका थिए ।
घाइते मगरको टाउको तथा अनुहारमा चोट लागेको छ । उनको अहिले सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिए ।