नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

वाईसीएलको अध्यक्षमा पुष्प वली सर्बसम्मत

ओखलढुङ्गान्युज, जेठ २४ काठमाण्डौं एकहप्ता देखी काठमाण्डौंमा चलिरहेको नेकपा (माओवादी केन्द्र) को भातृ युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष र महासचिव पदमा सर्वसम्मत नाम टुङ्गिएको छ । अध्यक्षमा पुष्प वली र महासचिवमा गणेश शाहीको नाम सर्वसम्मत बनेको हो । वली वर्तमान समितिका उपमहासचिव हुन् ।

आइतबारदेखि सुरु भएको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा १३ जनाले अध्यक्ष पदमा दावी प्रस्तुत गरेका थिए । एक पदका लागि १३ जनाको दाबी भएपछि अध्यक्ष पदमा सहमती जुटाउने प्रयास भएको थियो । तर सहमती जुट्न नसक्दा सम्मेलनमा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो ।

बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन शुक्रबारदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो । अध्यक्ष र महासचिवमा नाम सर्बसम्मत नाम टुङ्गिएपनि अन्य पदहरुमा टुङ्गो लागिसकेको छैन । अन्यपदमा शनिवार टुङ्गो लागेर नयाँ कार्यसमितिको चयन हुने संगठनले जनाएको छ ।