नेपाली समय Loading...२०८२ जेष्ठ २९ बिहीबार

नेपालमा पनि बढ्न थाल्यो कोरोना, भारतबाट फर्किएका पाँचजनामा संक्रमण

ओखलढुङ्गान्युज, जेठ २४ काठमाण्डौं । पछिल्लो समय भारतमा कोरोना भाईरसको संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको छ । प्रायः भारतबाट फर्किएका नागरिकहरुमा कोरोना भाईरसको संक्रमण भएको फेला परेको हो ।

पछिल्लो समय शुक्रबार भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका सुदुरपश्चिमका पाँचजनामा कोरोना भाईरसको संक्रमण भएको पाईएको हो । उक्त नाका हुदै नेपाल फर्किएका पाँचजना महिलामा शुक्रबार एन्टिजेन परीक्षण गर्दा कोरोना भाईरस संक्रमण भएको पाईएको हो । उनीहरु मध्ये ३ जना कैलाली र २ जना अछामको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त नाकाबाट नेपाल फर्किएका संकास्पद ३० जनामा शुक्रबार एन्टिजेन परीक्षण गरिएको थियो । ३० जना मध्ये ५ जनामा एन्टिजेन परीक्षणमा कोरोना भाईरस संक्रमण पोजेटिभ देखिएको हो । उनीहरुलाई होमक्वारेन्टाईनमा बस्न सुझाब दिईएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय लगातार नेपालमा पनि कोरोना भाईरस संक्रमणको दर बढेको पाईएपछि सतर्कता अपनाउन अनुरोध गरिएको छ । कोरोनाको संक्रमितहरूमा ज्वरो र रुघाखोकीको समस्या रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।