माओवादी केन्द्र चिशंखुगढीको अध्यक्षमा हिमाल राइ निर्वाचित
ओखलढुङ्गान्युज, जेठ २० शेर्ना । नेकपा माओवादी केन्द्र चिशंखुगढीको अध्यक्षमा हिमाल राइ निर्वाचित भएका छन् । केहि दिन अगाडी सम्पन्न भएको पालिका सम्मेलनले राइको नेतृत्वमा ४५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा उषक कटवाल, कमला मगर र कल्पना श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको सचिवमा भोजराज खतिवडा तथा सहसचिव पदमा भिष्म श्रेष्ठ र अनिल भट्टराई र कोषाध्यक्षमा सुबास के सी सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै मिसन ८४ का लागि पार्टीको आगामी कार्यदिशा र रणनीतिहरू तय गरिएको छ । नयाँ नेतृत्व चयन भएसँगै नवनिर्वाचित अध्यक्ष राइले पार्टीलाई गाउँपालिकामा थप सुदृढ बनाउँदै जनताको पक्षमा प्रभावकारी काम गर्ने प्रतिबद्धता गरेका छन् ।
गाउँपालिका अधिवेशन उद्घाटन सत्र कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चम्पा कार्की आशा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक रामकुमार कार्की नवीन, चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा लगायतले शुभकामना प्रदान गरेका थिए । अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।