बक्तृत्वकला प्रतियोगितामा यसम माविका छात्र–छात्रा प्रथम
ओखलढुङ्गान्युज, जेठ १५ यसम । १७ औं गणतन्त्र दिवस २०८२ को अवसरमा लिखु गाँउपालिकामा आयोजित बक्तृत्वकला प्रतियोगितामा यसम मावि यसमका छात्र–छात्रा प्रथम भएका छन् । आज विहिबार आयोजित न्याय निरुपणमा न्यायीक समितीको भूमिका विषयक पालिकाको अन्तर माद्यमिक विद्यालय स्तरीय छात्र–छात्रा बक्तृत्वकला प्रतियोगितामा यसम मावि यसमका छात्र–छात्रा नै प्रथम बनेका हुन् ।
प्रतियोगितामा यसम मावि यसमबाट सहभागी छात्र रोशन बस्नेत र छात्रा सोनीका लामिछाने प्रथम भएका हुन् । त्यस्तै छात्र तर्फ ग्रामोदय युगकवि सिद्धिचरण माविका केशब भट्टराई तथा छात्रा तर्फ सोहि स्कूलका दिलिसा पौडेल तथा श्री भिमसेन स्थान मावि नर्मदेश्वरका समिर खड्का र केशरी नेपाली तेश्रो बन्न सफल बने । लेती मावि पोकलीका छात्र अम्बर भूजेल र जनजिवन मावि वाच्पूकी पूजाश्री घिमिरे सान्त्वना बन्न पुगे ।
प्रतियोगिताका विजेता छात्रछात्राहरुले क्रमशः प्रथम हुनेलाई १०-१० हजार, दोश्रो हुनेलाई ७-७ हजार, तेश्रो हुनेलाई ५-५ हजार तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई ३-३ हजारका दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि ओखलढुङ्गा जिल्ला अदालतका जिल्ला न्यायधिस माननिय गिरीराज गौतमले नगद सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
गणतन्त्र दिवस २०८२ को अबसर पारेर लिखु गाउँपालिकाको न्यायीक समितिले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत उद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिश माननिय गिरीराज गौतम, विशेष अतिथी लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्की, प्रमुख प्रशासकिय अधिकृत अर्जुन कुमार राउत तथा गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले शुभकामना प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन भने उजुरी प्रशासक विष्णु रिजालले गरेका थिए ।