नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

सुनकोशी नदीमा हाम फाल्ने पुरुषको शब उदयपुरमा फेला

ओखलढुङ्गान्युज, जेठ १३ ओखलढुङ्गा । उदयपुर जिल्लाको रौतामाई गाउपालिका ५ चनौटे स्थित सुनकोशी नदिमा एक पुरुषको शब फेला परेको छ । मंगलबार बिहान उक्त स्थानमा पुरुषको शब फेला परेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

गत आईतबार साँझ मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ७ माझिगाउँमा पर्ने सुनकोशी नदीमा एक पुरुष हाम फालेर बेपत्ता भएका थिए । नदिमा हाम फालेर पुरुष बेपत्ता भएपछि ओखलढुङ्गा प्रहरीको टोलीले खोजी गर्दै स्थानीय बासीको भनाइ अनुसारको हुलिया सार्बजनिक गरेको थियो । प्रहरीले सार्वजनिक गरेको हुलिया अनुसारको शब आज बिहान उक्त स्थानमा फेला परेको भनि अस्थायी प्रहरी पोष्ट भण्डारेघाट खोटाङबाट जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

फेला परेको शब ओखलढुङ्गाको सुनकोशी नदीमा हाम फालेर बेपत्ता हुने ब्यक्तिको हुलिया सँग मिल्दोजुल्दो रहेको ओखलढुङ्गा प्रहरीले जनाएको छ । उक्त पुरुष अन्दाजी ४५-५० वर्षको जस्तो देखिने सेतो सर्ट र निलो पाइन्ट तथा फुस्रो क्याप लगाएको मानिस भएकोले उक्त ब्यक्तिलाई चिन्नुहुने वा कसैको आफन्त भए जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा सम्पर्क गर्नुहुन प्रहरीले फोटो सार्वजनिक गरेर अनुरोध समेत गरेको छ ।