नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

ओखलढुङ्गामा दुइ मोटरसाइकल ठोक्किदा एक घाइते 

ओखलढुङ्गान्युज, जेठ १२ खिजीफलाटे । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा सोमबार बिहान २ मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलको पछाडि बसेकी धनुषा जिल्ला जनक नन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरी घर भई आधारभूत अस्पताल खिजी फलाटेमा कार्यरत हेल्थ असिस्टेन्ट २२ वर्षीय रविना कुमारी मण्डल रहेकी छन् ।

खिजीदेम्बा गाउँपालिका वडा नम्बर ५ पात्लेखर्क भन्ने ठाउँको भुसिङ्गा सडक खण्डमा खिजी फलाटेबाट चुप्लुभन्ज्याङ तर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल शोमबार विहान साढे ११ बजेतिर ठोक्किदा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

खिजी फलाटेबाट चुप्लुभञ्ज्याङ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०१८ प ०६६९ नं.को मो.सा. र बिपरित दिशाबाट आउदै गरेको प्र. ३-०२-०१४ प ३५५२ नं. को मोटरसाइकल ठक्कर खाएको थियो ।

दुर्घटनामा परी घाइते भएकी मण्डलको अहिले आधारभूत अस्पताल खिजिफलाटेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटना संलग्न दुवै मोटरसाइकललाई नियन्त्रणमा लिई हाल इलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा राखिएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

घटनाको बारेमा थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।