नेपाली समय Loading...२०८२ भाद्र ५ बिहीबार

ओखलढुङ्गामा ट्रिफर दुर्घटना हुँदा सहचालकको मृत्यु 

ओखलढुङ्गान्युज, जेठ १२ ओखलढुङ्गा । ओखलढुङ्गामा गएराती ट्रिफर दुर्घटना भएको छ । मिरचैयाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको ना ७ ख ५९८४ नम्बरको ट्रिपर अनियन्त्रित भई मानेभञ्जयाङ गा.पा.-६ हिलेपानी स्थित सिद्विचरण लोकमार्गमा मध्यराति १२ बजेतिर दुर्घटना हुँदा चालक घाइते भएका छन् भने त्यसका सहचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष १९ को आशिष पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । दुर्घटनामा टिफरका चालक उदयपुरको कटारी चार बस्ने वर्ष २३ को अम्बर राउत पनि घाइते भएका छन् ।

टिफर दुर्घटनामा परे पश्चात दुर्घटनामा परेका दुवै घाइतेहरुलाई तत्काल उद्धार गरी उदयपुरको घुर्मीमा रहेको जनसेवा पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो । उपचार पश्चात् उक्त पोलिक्लिनिकबाट चालक राउतलाई डिस्चार्ज गरिएको छ भने घाइते सहचालक मगरलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगरतर्फ पठाइएको थियो । 

नोबेल शिक्षण अस्पताल विराटनगर पठाएका आशिष पुलामी मगरको सोमबार बिहान ५ बजे मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सहचालकको मृत्यु भएपछि चालक राउतलाई उदयपुरको इलाका प्रहरी कार्यालय कटारीको सहयोगमा पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।