नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

सुनकोशी नदीमा हाम फालेर एक पुरुष बेपत्ता 

ओखलढुङ्गान्युज, जेठ ११ ओखलढुङ्गा । सुनकोशी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ७ माझिगाउँमा पर्ने सुनकोशी नदीमा आइतबार साँझ करिब पौने ६ बजे तिर ती पुरुष हाम फालेर बेपत्ता भएका हुन्। ।

सुनकोशी नदीमा ती पुरुष हाम फालेर बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । सुनकोशी नदीमा हाम फालेर बेपत्ता हुने पुरुष अन्दाजी ४५-५० वर्षको जस्तो देखिने सेतो सर्ट र निलो पाइन्ट तथा फुस्रो क्याप लगाएको भनेर स्थानीयले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रहरीलाई जानकारी हुनासाथ घटनास्थलमा प्रहरीको टोली पुगेको छ । नदीमा हाम फाल्ने पुरुषको नाम, थर र बतन केही नखुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घटनास्थल नजिकै Makalu-soft कम्पनीको खेैरो रङको चप्पल मात्रै फेला परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

स्थानीयले दिएको सूचनाका आधारमा बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।