प्रधानमन्त्री वलीको स्वास्थ्यमा समस्या
ओखलढुङ्गान्युज, जेठ ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा वली विरामी परेका छन् । प्रधानमन्त्री वलीको स्वास्थ्यमा समस्या भएपछि आज (मंगलबार) का लागि प्रतिनिधिसभामा पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।
शोमबार काठमाण्डौंमा भएको एक कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले आफू अस्वस्थ भएको भन्दै सम्बोधनको कार्यक्रमलाई छोट्याएका थिए । प्रधानमन्त्री ओलीले आफू अस्वस्थ्य भएको जानकारी गराएपछि मंगलबारका लागि तय गरिएको प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने हुँदा प्रश्नोत्तरलाई कार्यसूचीबाट हटाइएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो ।