सघन सहरी तथा भवन निर्माण ओखलढुङ्गाका ईञ्जिनियर घुस सहित पक्राउ
ओखलढुङ्गान्युज, जेठ २ काठमाण्डौं । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव सेवाग्राहीसँग लिएको घुस रकम सहित पक्राउ परेका छन् । ईञ्जिनियर यादवलाई घुस रकम सहित विहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो ।
इन्जिनियर यादवलाई सेवाग्राहीबाट लिईएको ५ लाख ७० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं। १ लोकन्थलीबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन अबस्थामा रहेको सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चलाएको स्टिङ अपरेशन मार्फत इन्जिनियर यादवलाई पक्राउ गरेको जनाएको छ ।
इन्जिनियर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले जनाएको छ ।