नेपाली समय Loading...२०८२ जेष्ठ ३ शुक्रबार

सिद्धिचरण मेयर कप: खिस्तो मोलुङको विजयी सुरुवात 

ओखलढुङ्गान्युज, बैशाख ३१ ओखलढुङ्गा । ओखलढुङ्गामा मङ्गलबारबाट सिद्धिचरण नगरपालिका प्रथम मेयर कप खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन कार्यक्रम सकिए लगत्तै सुरु भएको पहिलो खेलमा खिस्तो युवा समाज मोलुङ २ ले विजयी सुरुवात गरेको छ ।

खिस्तो युवा समाज मोलुङ २ को तर्फबाट हाफ टाइमभन्दा अगाडि दुई गोल र हाफ टाइम पछाडि एक गोल भए । त्यस्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तर्फबाट पनि हाफ टाइम पश्चात् दुई गोल भए । खिस्स्तो युवा समाजका लागि खेलको सुरुवाती चौंथो मिनेटमा नै जर्सी नम्बर २२ का युवराज सेवाले पहिलो गोल गरे । त्यस्तै दोश्रो गोल १३ औँ मिनेटमा जर्सी नम्बर ७ का प्रवीण राईले गरे ।

पहिलो हाफमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले कमब्याकको लागि निकै प्रयास गरे पनि सफल भने हुन सकेन । पहिलो हाफमा २–० ले पछाडि रहेको जिल्ला प्रहरी कार्यालयको लागि दोश्रो हाफको खेलको ५६ मिनेटमा जर्सी नम्बर ४ का अमृत गुरुङले पेनाल्टी मार्फत पहिलो गोल गरे। गोल गर्दै अमृतले आफ्नो टिमलाई २-१ को अबस्थामा ल्याए । 

 

त्यस लगत्तै खिस्तो युवा समाजका लागि जर्सी नम्बर २२ का युवराज सेवाले पुन ७६ मिनेटमा गोल गर्दै ३-१ को अग्रता बनाए । जुन गोल खिस्तोको लागि विजेता बनाउन काफी रह्यो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका लागि ८६ औँ मिनेटमा जर्सी नम्बर ५ का जिसन वाइबाले दोस्रो गोल गरे पनि पुलिसलाई जिताउन सकेनन् । खेलमा पराजित भएसँगै प्रथम सिद्धिचरण मेयरकप खुला पुरुष फुटबलबाट बाहिरिने पहिलो टिम जिल्ला प्रहरी कार्यालय बनेको छ।

दोश्रो दिन बुधबार हुने पहिलो खेलमा बिहान १०:३० मा मानेभन्ज्याङ स्पोर्ट्स क्लब मानेभन्ज्याङ भर्सेस ग्लुब्जी सोब्रु भिड्नेछ । दिउँसो १ बजेबाट हुने दोश्रो खेलमा दुर्गा बक्सगण ओखलढुङ्गा भर्सेस सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका भिड्नेछ । त्यस्तै दिउँसो ३ बजेबाट हुने तेश्रो खेलमा मानेभन्ज्याङ गाउँपालिका भर्सेस रुम्जाटार युनाइटेडका बीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल जेठ ३ गते शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुने विजेता टिमले नगद रु. २ लाख २२ हजार २२२ का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद रु १ लाख ११ हजार १११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पुग्न सफल दुईवटा टिमले जनही नगद रु ४४ हजार ४४४ का साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको प्रत्यक्ष प्रसारण ओखलढुङ्गान्युज डटकमokhaldhunganews.com को फेशबुक पेजबाट हुनेछ ।