नेपाली समय Loading...२०८२ बैशाख ३० मंगलवार

रोशी खोलाले डाईभर्सन बगाउदा विपी राजमार्ग अबरुद्ध

ओखलढुङ्गान्युज, बैशाख ३० काठमाण्डौं । शोमबार परेको अविरल बर्षाका कारण विपी राजमार्ग अबरुद्ध भएको छ । विपी राजमार्गको माप्ती स्थित रोशी खोलाले मुख्य सडकको डाईभर्सन बगाउदा गएराती देखी विपी राजमार्ग अबरुद्ध बनेको हो ।

शोमबार अपरान्ह परेको भिषण बर्षात पछि भल आउदा रोशी खोलाले माप्तीको डाईभर्सन बगाएको हो । डाईभर्सन बगाएपछि पूर्ववाट विपी राजमार्ग हुँदै काठमाण्डौं भित्रिने तथा काठमाण्डौंबाट उक्त रुट हुदै बाहिरीने सवारीका साधनहरु शोमबार राती देखी बाटामा नै अलपत्र अबस्थामा रहेका छन् । सडक अबरुद्धका कारण राती अलपत्र परेका १७ जना यात्रुलाई प्रहरीले उद्धार गरेको जनाईएको छ ।

शोमबार बेलुकी आएको उक्त भलले रोशी गाउँपालिका वडा नं. १२ स्थित मंगलटार तर्फको सडकमा समेत क्षति गरेको प्रहरीले जनाएको छ । भलले बाटो क्षति गरेर सडक नै अबरुद्ध भएपछि मंगलबार विहान्रैबाट प्रहरी र स्थानीयल एकातर्फी भनेपनि बाटो खुलाउने प्रयास गरिरहेको छ । 

गत वर्ष २०८१ सालको असोज महिनामा गएको बाढीले विपी राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । सो डाईभर्सन शोमबार बेलुकीको भलले बगाएको हो ।