नेपाली समय Loading...२०८२ बैशाख २९ सोमबार

आज २५६९औँ बुद्ध जयन्ती, देशभर सार्वजनिक विदा

ओखलढुङ्गान्युज, बैशाख २९ काठमाण्डौं । आज देशभर २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । बुद्ध जयन्ती दिवसका अवसरमा नेपाल सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

दिवसका अवसरमा बुद्धको जन्मभएको लुम्बिनी लगायत देशभर रहेका बौद्ध गुम्बाहरुमा आज विशेष सिंगारपटार गरिएका छन् । बौद्ध गुम्बा भएका स्थानहरुमा आज विशेष कार्यक्रमहरु गरेर भव्य रुपमा मनाईदै छ । 

बुद्ध जयन्ती दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । त्यस्तै लुम्बीनी लगायत देशभर विभिन्न स्थानहरुमा रहेका बौद्ध स्तुपा तथा गुम्बाहरुमा पनि आज विहानै देखी मेला सुरुवात भएको छ ।

बुद्ध जयन्तीको अबसर पारेर आज ओखलढुङ्गाका विभिन्न स्थानहरुमा समेत भव्य कार्यक्रमको आयोजना गरिएको छ । आज खिजिदेम्बाको खिजीफलाटे, मोलुङको श्रीचौर, सुनकोशी गाउँपालिकाको मूलकखर्क, मानेभञ्ज्याङ गाउँपालिकाको केतुकेमा विशेष पूजा तथा सांगितीक कार्यक्रमहरुको समेत आयोजना गरिएको छ । 

बुद्ध जयन्तीको अबसरमा आज कोशी प्रदेशका मुख्यमन्त्री हिकमत बहादुर कार्कीले एक शुभकामना सन्देश दिदै कोशी प्रदेश सबै धर्म संस्कृति परम्परा र रीतिरिवाजको संरक्षण र सम्बर्धनमा प्रतिबद्ध रहेको बताएका छन् । यस प्रदेशमा बसोबास गर्ने सबै जातजाति र समुदायको पहिचानलाई स्थापित गर्दै विविधतायुक्त सामाजिक संरचनाको विशिष्टता प्रवर्द्धन गर्न प्रदेश सरकार क्रियाशील बताउदै कोशी प्रदेशले विशिष्ट सांस्कृतिक र धार्मिक पहिचानलाई समेत उजागर गरेको बताएका छन् । त्यसैले उभौली पर्वका माध्यमबाट सुख शान्ति समृद्धि र विकासको लक्ष्यलाई पूरा गर्न प्रेरणा प्राप्त हुने अपेक्षाका साथ उभौली पर्वका अवसरमा सम्पूर्ण हार्दिक शुभकामना व्यक्त गर्दछु, शुभकामना सन्देशमा उल्लेख छ ।