नेपाली समय Loading...२०८२ बैशाख २९ सोमबार

आज किराँती समुदायले उभौली पर्व मनाउदै

ओखलढुङ्गान्युज, बैशाख २९ ओखलढुङ्गा । आज वैशाख शुक्ल पूर्णिमा । बैशाख शुक्ल पूर्णिमाको अवसरमा किरात राई समुदायहरुले उभौली पर्व मनाउँदैछन् । यो समय गर्मी सिजन पनि हो । गर्मी बढेसँगै यो समुदायका मानिस बेसीबाट लेकतिर  ‘उँभो लाग्ने’ भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ।

किराँती समुदायले आजको दिन भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाउछन् । बाली लगाउनुअघि गाउँगाउँमा रहेका राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् ।

यो पर्वका अवसरमा आज चण्डी नाचसमेत नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।  विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ ।