सिद्धिचरण मेयरकप फुटबल ः विजेताले पाउनेछ नगद रु २ लाख २२ हजार २२२
ओखलढुङ्गान्युज, बैशाख २७ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले प्रथम मेयरकप खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ । प्रथम मेयरकप खुला पुरुष फुटबल प्रतियोगिताका विजेता टीमले नगद रु २ लाख २२ हजार २२२ का साथमा ट्रफि मेडल र प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगिता आगामी बैशाख ३० गते देखी जेठ ३ गते सम्म हुने सिद्धिचरण नगरपालिकाले जनाएको छ । प्रतियोगिताका उपविजेताले नगद रु १ लाख ११ हजार १११ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा सेमिफाईनलमा प्रबेश गर्न सफल दुई टीमले पनि क्रमशः नगद रु ४४ हजार ४४४ का साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा विषयगत विधा तर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका आुसार विषयगत विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल स्कोररलाई जनाही नगद रु ५ हजारका साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि बैशाख २८ गते अपरान्ह ४ बजेसम्म टिम दर्ता गरेर बैशाख २९ गते खेल तालिका सार्वजनिक गर्ने सिद्धिचरण नगरपालिकाले जनाएको छ । प्रतियोगिता बैशाख ३० गते विहान १० बजेबाट हुनेछ । प्रतियोगिता जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माद्यमिक विद्यालय नजिकै रहेको खेलमैदानमा फिफाको नियम अनुसार खेलाईने पनि नगरपालिकाले जनाएको छ ।