नेपाली समय Loading...२०८२ बैशाख २७ शनिबार

स्मारिका ढकाल र पुरु भण्डारीको रोमान्स रहेको गीत “ढाट्छेउ कतिलाई” सार्वजनिक

ओखलढुङ्गान्युज, बैशाख २७ काठमाण्डौं । गीत र संगितको दुनियामा नयाँ गीत “ढाट्छेउ कतिलाई” सार्वजनिक भएको छ । नयाँ गीत ढाट्छेउ कतिलाइ गीतकार आर के परियारको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा आर.के परियारको शब्द तथा संगित रहेको छ । गीतमा लोकप्रिय गायक करन परियारले स्वर भरेका छन् । गीतको म्यूजिक भिडियोमा मूख्य कलाकारको भूमिकामा स्मारिका ढकाल, पुरु भण्डारी, आरके सुवेदी, सुजन सुवेदीले सुन्दर कला प्रस्तुत गरेका छन् ।

त्यस्तै गीतको म्युजिक भिडियोमा चित्रा मास्की मगरले निर्देशन तथा मिलन विश्वकर्माले सम्पादन गरेका छ । पछिल्लो समय युवा पुस्ताले नयाँ नयाँ म्युजिकको स्वाद खोजिरहेको अबस्थामा युवाहरुको मनपर्ने म्युजिकको सूचिमा यो गित पर्न सक्छ ।

गीतलाई यहाँ दिईएइको लिङ्कमा क्लिक गरेर पनि हेर्न र सुन्न सक्नुहुन्छ :