नेपाली समय Loading...२०८२ बैशाख २६ शुक्रबार

लिखुको नर्मदेश्वरमा दन्त शिबिर सम्पन्न

लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरमा सम्पन्न दन्त शिबिर

ओखलढुङ्गान्युज, बैशाख २६ नर्मदेश्वर । जिल्लाको लिखु गाउँपालिकाको नर्मदेश्वरमा बुधबार एकदिने दन्त शिबिर सम्पन्न भएको छ । बुधबार नर्मदेश्वरको भिमसेन स्थान माद्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको शिविरमा १५० जना नागरिकहरुले सेवा लिएका छन् ।

शिविरमा दाँतको परीक्षण, किरा लागेका दाँत निकाल्ने, तथा सामान्य दाँत भर्ने लगायतको सेवा प्रदान गरिएको लिखु गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सोकर्ण श्रेष्ठले जानकारी दिए । शिबिरमा सहभागी हुदै लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले सामान्य शिबिर सञ्चालन गर्दा पनि नागरिकहरुको स्वास्थ्य परीक्षण भई जटिल समस्या हुनु पूर्व नै जानकारी हुदा बेलैमा थप उपचारमा जान नागरिकहरुलाई सहज हुने बताईन् । जसका कारण नागरिकहरुका स्वास्थ्य, समय तथा पैसाको समेत बचत हुने भएकोले यस्ता शिविर सबैवडामा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।  

शिविर लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरको आयोजना तथा नर्मदेश्वर स्वास्थ्य चौकी, स्कूल डेन्टल क्लिनिक हिमगंगा माद्यमिक विद्यालय साघुँटार रामेछापको सहयोगमा भिमसेन स्थान माद्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।