नेपाली समय Loading...२०८२ बैशाख २६ शुक्रबार

सगरमाथा चढ्ने रेकर्ड ब्रेक गर्दै कामिरीता

ओखलढुङ्गान्युज, बैशाख २६ काठमाण्डौं । धेरै पटक सगरमाथाको शिखर चुम्ने रेकर्ड बनाएका कामिरीता शेर्पाले पुन आफ्नै नामको रेकर्ड ब्रेक गर्ने तयारी गरेका छन् । शेर्पाले यसपटकको बसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्व कीर्तिमान तोड्न लागेका हुन् ।

सगरमाथामा पहिलोपटक मानवपाइला टेकिएको ७२ वर्षको अवधिमा ३०औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उनको रेकर्ड अहिले सम्म कसैले तोड्न सकेको छैन । शेर्पा आफैले ३१ औं पटक सगरमाथाको आरोहण गर्दै आफ्नै नाममा रहेको किर्तिमानलाई तोड्न लागेका हुन् ।

हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य ३०औँ पटक सम्म यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । तर विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको छ । उनी एकै ‘सिजन’मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगरेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही समेत हुन् । शेर्पाले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटकको  रेकर्ड  बनाएका थिए । शेर्पाले यसपटक सेभेनसमिट ट्रेक्स प्रालि मार्फत भारतीय सेनाको टोलीलाई लिएर सगरमाथा आरोहणमा जान लागेका हुन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।