नेपाली समय Loading...२०८२ बैशाख २६ शुक्रबार

मोलुङमा अपाङ्गता भएकाका परिवारलाई आलुको चिप्स बनाउने तालिम

ओखलढुङ्गान्युज, बैशाख २५ प्राप्चा । जिल्लाको मोलुङ गाउँपालिकामा तीनदिने आलुको चिप्स बनाउने तालिम सम्पन्न भएको छ । तालिमको आज एक औपचारिक कार्यक्रमका बीच गाँउपालिकाको कार्यालय प्राप्चामा समापन गरिएको हो । 

अपाङ्गता भएकाका परिवारलाई लक्षित गरेर गत वैशाख २३ गतेदेखि सुरु भएको तालिमको आज एक औपचारिक कार्यक्रमका बीच गाँउपालिकाको उपाध्यक्ष उर्मिला खतिवडाले समापन गरेकी हुन । तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष खतिवडाले यस तालिमले अपाङ्गता भएका ब्यक्तिहरुको परिवारलाई रोजगार प्रदान गर्नुका साथै जिवीकोपार्जनमा सहजता हुने आशा गरिएको बताइन् । तालिमबाट सिकेको शीपलाइ कार्यान्वयन गर्दा उनीहरुको परिवार तथा पालिकाको समग्र आर्थिक उपार्जनमा समेत टेवा पुग्ने भन्दै सिकेको शीपलाइ कार्यान्वयनमा ल्याउन तालिममा सहभागिहरुलाई उपाध्यक्ष खतिवडाले आग्रह गरिन् ‌।

तालिम अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत मोलुङ गाउँपालिकाको आयोजना, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र करुणा फाउन्डेसन नेपालको सहकार्यमा गाँउपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको हो । 

तालिममा अपाङ्गता भएका व्यक्ति तथा उनका परिवार गरि ६ जनाले सहभागिता जनाएका थिए । उनीहरुले उत्पादन गरेको सामाग्रीलाइ तालिमको सहजकर्ता तथा गाँउपालिकाले बजार ब्यबस्थापन गर्ने समेत समझदारी भएको मोलुङ गाउँपालिकाका रोजगार कार्यक्रम संयोजक माधव कार्कीले जानकारी दिए ।