पाकिस्तानको आक्रमणबाट भारतीय सेनाका एक लेस नायकको मृत्यु

तस्वीरः सामाजिक सञ्जालबाट
ओखलढुङ्गान्युज, बैशाख २५ काठमाण्डौं । बुधबार पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एकजना लेसनायकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय सेना फाइभ फिल्ड रेजिमेन्टमा कार्यरत लेसनायक दिनेश कुमार रहेको भारतीय सेनाले पुष्टि गरेको छ ।
पाकिस्तानी सेनाको आक्रमणमा लेसनायक कुमारको मृत्यु भएको भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मार्फत जनाएको छ । ह्वाइट नाइट कोर युनिटले ट्विटरमा लेखेको छ,‘५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानी सेनाको गोलाबारीको क्रममा आफ्नो प्राण आहुति दिए ।’
मंगलबार राती भारतले गरेको मिसायल आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ । भारतले पाकिस्तान नियन्त्रित कश्मिरका ५ र पाकिस्तानकै भूभागका ४ गरी ९ स्थानमा मिसायल आक्रमण गरेको थियो । आक्रमणबाट घर, सवारीसाधनहरू, धार्मिक केन्द्र लगायतका अन्य भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।
कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा ‘सिंदुर अपरेशन’ नाम दिएर हवाई हमला सुरु गरेको थियो ।