नेपाली समय Loading...२०८२ बैशाख २६ शुक्रबार

भारतले ग¥यो पाकिस्तानमा नौ मिसायल आक्रमण

ओखलढुङ्गान्युज, बैशाख २४ काठमाण्डौं । भारत र पाकिस्तानका बिच युद्ध हुने त्रास बढि रहेको बेला अन्ततः भारतले पाकिस्तान माथि गएरातिबाट आक्रमण थालेको छ । गएराति भारतले पाकिस्तानका विभिन्न नौ स्थानमा आक्रमण गरेको हो ।

भारतले गएराति पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको हो । उक्त आक्रमणलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कार्बाही भनेको छ । भारतीय आर्मीले पाकिस्तानको सैन्य क्षेत्रमा भने आक्रमण नगरेको जनाएको छ । भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ । भारतले यसलाई कश्मीरको पलगाममा  २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही भनेको छ ।

भारतले गरेको मिसायल आक्रमणबाट पाकिस्तानमा ९ जनाको मृत्यु भएको र ३५ जना घाईते भएको पाकिस्तानी सञ्चारमाध्यम जिओ न्यूजले जनाएको छ । भारतले सर्वसाधारणहरूको घरमा आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानी सञ्चार माध्यम पिटिभीले भारतका दुईवटा फाइटर जहाज पाकिस्तानी सेनाले झारिदिएको समेत जनाएको छ ।

गएराति पाकिस्तानमा मिसायल आक्रमण भएसँगै त्यसको जवाफी आक्रमण गर्ने पाकिस्तानले जनाएको छ । पाकिस्तानको बहावलपुर, कोटली तथा मुजफ्फाबाद लगायत ठाउँमा मिसायल आक्रमण गरिएको जनाइएको छ । भारतले मिसायल आक्रमण गरेसँगै पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ । एयरपोर्ट खाली गरेर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको उक्साहट भएको भन्दै कडा निन्दा गरेका छन् । उनले बलियो जवाफ दिने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघले भने दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।