चिशङ्खुगढीमा देवालीमा गएका एक पुरुषको लडेर मृत्यु
ओखलढुङ्गान्युज, बैशाख २२ शेर्ना । जिल्लाको चिशंङखुगढी गाउँपालिकामा देवाली पूजाको प्रसाद खान गएका एक पुरुषको आगनमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा चिशंखुगढी गाँउपालिका वडा नं. ५ बस्ने पाखे बस्ने ४१ बर्षका जय कुमार राउत रहेका छन् ।
राउत शोमबार स्थानीय बालाराज कार्कीको घरमा देवाली पूजाको निम्तामा गएका थिए । निम्तामा गएका राउत कार्कीको आगनमा शोमबार राती ९ बजेतिर लडेका थिए । आगनमा लडेका रावतलाई स्थानीयले कार्कीको घरको दलानमा राखेका थिए । दलानमा राखिएका राउतको त्यहि मृत्यु भएको चिशंखुगढी गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्र भट्टराईले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए । मृतक राउतले दैनिक मादक पदार्थ सेवन गरेर मातेर हिड्ने तथा शोमबार पनि धेरै मादक पदार्थ सेवन गर्दा लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खानिभन्ज्याङको टोली राति नै घटनास्थलमा पुगेको थियो । घटनाको बारेमा कानुनी प्रक्रिया पूरा गर्न तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको र थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।