चम्पादेवीमा बच्चालाई जन्माएर मारिन आफ्नै आमाले
ओखलढुङ्गान्युज, बैशाख २१ घोराखोरी । बच्चालाई जन्म दिएर मारेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका वडा नम्बर ९ कि अविवाहित १९ वर्षीय एक महिला रहेकी छन् ।
गत वैशाख १७ गते स्थानीयले नवजात शिशुलाई जन्म दिएर हत्या गरि छेदविक्षेत बनाएर फालेको अवस्थामा फेला पारेका थिए । नवजात शिशुको सब फेला परे पश्चात स्थानीयले कसले बच्चा मारेर फालेको हो भन्दै खोजी गरेका थिए । खोजी सँगसँगै स्थानीयले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले चम्पादेवी गाउँपालिकाकी ती महिलालाई पक्राउ गरेको चम्पादेवी गाउँपालिकाका प्रवक्ता सुजन पौडेलले जानकारी दिए । महिलालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा ल्याइएको छ ।
ओखलढुङ्गाको प्रहरी हिरासतमा राखेर घटनाको बारेमा महिलासँग अनुसन्धान भइरहेको र थप विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।