नेपाली समय Loading...२०८२ बैशाख २६ शुक्रबार

लिखुमा चट्याङले एक युवा घाइते, एउटा भैंसी मर्यो

ओखलढुङ्गान्युज,  वैशाख १९ यसम । शुक्रबार अपरान्ह पानीसँगै परेको चट्याङका कारण लिखु गाउँपालिकामा एकजना घाइते भएका छन् भने एउटा भैँसीको मरेको छ। घाइते हुनेमा लिखु गाउँपालिका वडा नम्बर ५ काफ्ले गाउँका खेटबहादुर श्रेष्ठको छोरा अन्दाजी बर्ष १९ को नारायण श्रेष्ठ रहेका छन् । 

आज शुक्रबार दिउँसो २:१५ तिर परेको चट्याङले घरमै रहेका श्रेष्ठ घाइते भएका हुन् । घाइते श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाएको लिखु गाउँपालिकाका प्रवक्ता मोहन कार्कीले जानकारी दिए । घाइते श्रेष्ठको अवस्था सामान्य रहेको पनि प्रवक्ता कार्कीले जानकारी दिए । 

त्यस्तै शुक्रबार दिउँसो २:१५ बजे नै परेको चट्याङका कारण यसमकै काफ्ले गाउँमा काजीमान काफ्लेको दुहुना भैंसी मरेको छ । काफ्लेको गोठको थलामा नै रहेको करिब एक लाखभन्दा बढी पर्ने दुहुना भैंसी मरेको पालिका प्रवक्ता कार्कीले जानकारी दिए । विस्तृत विवरण भने आउन भने बाँकी रहेको छ ।