नेपाली समय Loading...२०८२ बैशाख २६ शुक्रबार

तेश्रो चिशंङखुगढी कप भलिबल: सेमिफाइनलको समिकरण पुरा

ओखलढुङ्गान्युज, बैशाख १८ भदौरे । जिल्लाको चिशंङखुगढी गाउँपालिकामा जारि तेश्रो चिशंङखुगढी कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ । आज क्वाटर फाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समिकरण पुरा भएको हो ।

आज भएको खेलमा पाँचखपन नगरपालिका सङ्खुवासभाले सिद्धिचरण नगरपालिका ओखलढुङ्गालाई २-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । दोश्रो क्वाटर फाइनलमा रावाबेशी गाँउपालिका खोटाङले मानेभञ्ज्याङ गाँउपालिका ओखलढुङ्गालाई २-० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।

त्यसैगरी तेश्रो क्वाटर फाइनल खेलमा मोलुङ गाउँपालिकाले आयोजक चिशंखुगढी गाँउपालिका २-० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । चौंथो क्वाटर फाइनल खेलमा भने गोकुलगंगा गाँउपालिका रामेछापलाई २-१ सेटमा पराजित गर्दै चम्पादेवी गाउँपालिका सेमिफाइनलमा प्रबेश गरेको छ ।

सेमिफाइनलको समिकरण पुरा भएसँगै पहिलो सेमीफाइनल खेल शुक्रबार विहान पाँचखपन नगरपालिका सङ्खुवासभाका बिरुद्ध खोटाङको रावाबेशी गाँउपालिकाले खेल्नेछ । त्यस्तै दोश्रो सेमिफाइनल खेल चम्पादेवी गाउँपालिका ओखलढुङ्गाले मोलुङ गाउँपालिका ओखलढुङ्गाका बिरुद्ध खेल्नेछ । 

सेमिफाइनल खेल तथा फाइनल खेल शुक्रबार नै हुने आयोजक चिशंखुगढी गाँउपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २,२२,२२२, द्वितीय हुने टीमले नगद रु १,५५,५५५, तेश्रो हुने टीमले नगद रु १,११,१११ तथा सान्त्वना हुने टीमले ५५,५५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।