पेट्रोलियम पदार्थको मूल्य घट्याे
प्रकासित मिति : २०८२, १८ बैशाख बिहीबार ०६:०२
प्रकासित समय : ०६:०२
ओखलढुङ्गान्युज, बैशाख १८ काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
आयल निगमले सार्वजनिक गरेको सूचना अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ घटाएको छ । घटेको मूल्य अनुसार पहिलो बर्गमा रहेको भुगोलमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोश्रो बर्गमा १५७ रुपैयाँ तथा तेश्रो बर्गमा १५८ रुपैयाँ पर्नेछ ।
आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको जानकारी गराएको छ । आयल निगमले आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटाएको छ ।