ओखलढुङ्गामा ट्रयाक्टर दुर्घटना हुँदा पाँच घाइते
ओखलढुङ्गान्युज, बैशाख १० ओखलढुङ्गा । जिल्लाको मानेभञ्ज्याङ गाँउपालिकामा बुधबार विहानै ट्रयाक्टर दुर्घटना भएको छ । जयरामघाटबाट सिमेन्ट, पानीको ड्रम बोकि सोक्माटार तर्फ आउदै गरेको स १ त ६११६ नम्बरको ट्याक्टरको पछाडीको ट्रलिको हिच पिन भाचिन गई बुधबार बिहान ७ बजे दुर्घटना हुँदा ट्रयाक्टरमा सवार पाँच जना घाइते भएका छन् ।
ट्रयाक्टर दुर्घटनामा परि घाइते हुनेहरुमा मानेभञ्ज्याङ गाँउपालिका वडा नं. २ का धन कुमार वि.क., मन कुमार वि.क., भाइकाजी राइ, झनक श्रेष्ठ र तुल बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
दुर्घटनामा परि घाइते भएकाहरुको तत्काल उद्दार गरी उपचारका लागि सामुदायीक अस्पताल मिसन सोब्रु ल्याइएको छ । घाइते सबैको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालकलाई भने प्रहरीले हर्कपुर प्रहरी चौकीमा नियन्त्रणमा लिइ राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।