कक्षा १२ को परीक्षा ११ गते बाट नै हुने
प्रकासित मिति : २०८२, ९ बैशाख मंगलवार १०:२२
प्रकासित समय : १०:२२
ओखलढुङ्गान्युज, बैशाख ९ काठमाडौँ । बैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा नरोकिने भएको छ । शिक्षक आन्दोलनका कारण परीक्षा हुने नहुने अन्यौल भैरहेको बेला आज बसेको परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो ।
आज बिहान बसेको परीक्षा बोर्डको बैठकले सबै जिल्लामा कक्षा १२ को परीक्षा सन्चालनका लागि जिल्ला स्तरीय परीक्षा समन्वय समितिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । परीक्षा बोर्डको यो निर्णयसँगै परीक्षाका बारेमा भएको अन्यौलता सकिएको छ ।