परीक्षा बोर्डको बैठक बस्दै: १२ को परीक्षाबारे छलफल
ओखलढुङ्गान्युज, बैशाख ९ काठमाडौँ । बैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको बारेमा दुइदिन अगाडी सम्म अन्यौल छ । परीक्षा दिने विद्यार्थी तथा शिक्षकहरुमा अन्यौल भैरहेको बेला मंगलबार विहान परीक्षा बोर्डको बैठक बस्दैछ ।
परीक्षा दिने विद्यार्थीहरुले आफ्नो विद्यालयका प्रधानाध्यापकहरुलाइ निरन्तर फोन सम्पर्क गरिरहेका छन भने प्रधानाध्यापकहरुले सामाजिक सञ्जाल हेर्न तथा समाचार पोर्टलहरु हेरिरहन भनेका छन् । विद्यार्थीहरु निरन्तर मोबाइलको स्क्रिनमा सामाजिक सञ्जाल र न्युज पोर्टल स्क्रोल गरिरहेका छन ।परीक्षा वैशाख ११ मा शुरु भएर २४ गते सकिने राष्ट्रिय परीक्षा बोर्डको तालिका छ ।
मंगलबार विहान बस्ने बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका कारण परीक्षा सर्न सक्ने संकेत गरेपनि परीक्षा के गर्ने भनेर बैठकले निर्णय गर्ने अध्यक्ष डा. शर्माले बताए ।