नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

बैशाख ९ देखि घोराखोरी फेदिगुठको गाडी साँघुटार नवलपुरबाट चल्ने

फायल फोटा

ओखलढुङ्गान्युज, बैशाख ८ काठमाडौँ । अरनिको यातायात सेवा समितिले बैशाख ९ देखी काठमाडौं-घोराखोरी-फेदिगुठ चल्ने आफ्नो गाडीको रुट परिवर्तन गरेको छ । गाडीको रुट परिवर्तनसँगै भाडा रकम समेत परिवर्तन गरेको समितिले शोमबार एक सूचना प्रकासित गरि जानकारी गराएको छ ।

समितिले जारि गरेको सूचना अनुसार मंगलवार देखि अरनिको यातायातको घोराखोरी-फेदिगुठका लागि विहान ५ बजे छुटेको गाडी कपन-चाबहिल-कोटेश्वर-खुर्कोट-नवलपुर साँघुटार-घोराखोरी-विलन्दु-फेदिगुठ पुग्नेछ । त्यस्तै काठमाडौँबाट विहान ६:३० मा छुटेको गाडी भने नियमित रुट खुर्कोट-मन्थली-साँघुटार हुदै जानेछ ।

त्यस्तै फेदिगुठ पुगेर फर्कने नवलपुर हुदै ओखलढुङ्गा गएको बस साँघुटारबाट मन्थली हुदै काठमाडौँको चाबहिल सम्म पुग्नेछ । खुर्कोट-मन्थली-साँघुटार हुदै घोराखोरी पुगेको बस भने फर्कदा साँघुटार बाट नवलपुर हुदै अनिवार्य रुपमा चाबहिल सम्म पुग्नु पर्ने समितिले सूचना मार्फत जानकारी गराएको छ ।

त्यस्तै नयाँ रुटमा गाडी चल्ने भएसँगै भाडादर समेत परिवर्तन गरेको छ । समितिले जारी गरेको सूचना अनुसार नयाँ भाडादरमा काठमाडौं देखि नवलपुर पुगेको ७५०, साँघुटारको ९००, सिंहदेवीको ९५०, रानीवनको १०००, घोराखोरीको ११००, विलन्दुको १२०० र फेदिगुठ सिलुङसम्म १३५० कायम गरेको समितिले जनाएको छ ।