नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

शिशिर घिमिरे स्मृति प्रतिष्ठानको प्रतिभा सम्मान तथा कविता वाचन कार्यक्रम

ओखलढुङ्गान्युज, बैशाख ७ बर्दिबास । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औँ राष्ट्रिय छन्द दिवस कार्यक्रम विभिन्न कार्यक्रम गरि मनाएको छ । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा प्रतिष्ठानले बर्दिवासस्थित विनायक ब्याङ्केटमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रा.डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ प्रदान गरिएको थियो । कार्यक्रममा जनवादी लेखक संघ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा विशेष क्षमता भएका दुई विद्यार्थी—गरिमा परियार र दिनेश महतोलाई जनही रू. ५ हजार ५५५ र साहित्यप्रेमी मिना देवकोटाबाट सुस्मिता कट्वाललाई रू. २ हजार ५५५ छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेस, कोशी र बाग्मती प्रदेशका विभिन्न जिल्लाबाट आएका साहित्यकारहरू कुमार कुसुम, सुमित्रा आचार्य, बोधकुमार घिमिरे, लम्बोदर काफ्ले, डा. सुमन कर्माचार्य लगायतले  कविता, गीत र गजल वाचन गरेका थिए । कार्यक्रम प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।