नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा

ओखलढुङ्गान्युज, बैशाख विराटनगर कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश सरकारले लगानी सम्मेलनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले प्रदेशले सोकेस गर्ने आयोजना, लगानीका लागि बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा तयारी पूरा भएको जानकारी दिए । लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राखे । राष्ट्रिय आयको वृद्धिमा यस लगानी सम्मेलनले सहयोग पुर्याउने चर्चा गर्दै विगतमा भएका लगानी सम्मेलनहरूको पाठ सिक्दै अधिकतम लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि यो लगानी सम्मेलन सफल हुने मुख्यमन्त्री कार्कीले बताए ।

वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रूपैयाँ रुपैयाँको परियोजना सोकसिङ गर्ने तयारी प्रदेश सरकारको छ । प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राख्ने तय गरेको छ।

लगानी प्राधीकरणका  कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा तथा भौतिक पुर्वाधारमा १४ वटा, कृषीका ९,  उद्योगमा ९ वटा परियोजना समाबेस गरिएको छ । यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वटा परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेलन मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेशिङ भएका छन भने सन्चालनमा रहेका केहि परियोजनालाई समेत सोकेशिङमा राखिएकोछ ।