कङ्गोमा ईन्धन बोकेको डुङ्गामा आगालागी हुँदा १४३ को मृत्यु
प्रकासित मिति : २०८२, ६ बैशाख शनिबार २१:१८
प्रकासित समय : २१:१८
ओखलढुङ्गान्युज, बैशाख ६ । कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा सयौंको ज्यान गएको छ । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा १ सय ४३ जना भन्दा बढीले ज्यान गुमाएको र अझ धेरैजना बेपत्ता भएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
कङ्गोको इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा यो दुर्घटना भएको एएफपीले जनाएको छ । डुङ्गामा आगलागी हुँदा केही व्यक्तिको आगोमा जलेर र केहीको डुबेर ज्यान गएको पुष्टि भएको छ ।
डुङ्गामा नै खाना पकाउने क्रममा अचानक फैलिएको आगो डुङ्गाको इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ । डुङ्गामा लागेको आगोको बारेमा सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ ।