नेपाली समय Loading...२०८२ बैशाख ३ बुधबार

जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधी सुनकोशीलाइ

ओखलढुङ्गान्युज, बैशाख ३ विलन्दु । मंगलबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा सुनकोशी गाउँपालिकाले ८ स्वर्ण, ७ रजत र ३ कास्य सहित कुल १८ पदकका साथ प्रथम बनेको हो ।

0-0x0-0-0#

मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण र २ रजत सहित कुल ९ पदकका साथ चिशंखुगढी गाँउ पालिका दोश्रो बनेको छ भने ६ स्वर्ण, १ रजत र ३ कास्य सहित कुल १० पदकका साथ मानेभञ्ज्याङ गाँउपालिका तेश्रो बनेको छ ।

गत बर्षको विजेता सिद्धिचरण नगरपालिका भने यसपटक ३ स्वर्ण ६ रजत र ९ कास्य पदक सहित कूल १८ पदकका साथ चौथो स्थानमा चित्त बुझाउन पुग्यो । प्रतियोगितामा लिखु गाँउपालिकाले ३ स्वर्ण, २ रजत र ५ कास्य सहित कुल १० पदकका साथ पाँचौ बन्न पुग्यो ।

त्यसैगरी प्रतियोगितामा मोलुङ गाँउपालिका २ स्वर्ण, ४ रजत र ६ कास्य पदकका साथ छैठौं तथा खिजीदेम्वा गाँउपालिका १ स्वर्ण, ४ रजत र ३ कास्य पदकका साथ सातौं बन्न पुग्यो । प्रायोजक तथा व्यवस्थापक रहेको चम्पादेवी गाउँपालिकाले भने स्वर्ण पदकमा खाता खोल्न सकेन । चम्पादेवीले ४ रजत र १ कास्य पदकका साथ अन्तिममा रहन पुग्यो ।

प्रतियोगितामा विजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि चम्पादेवी गाँउपालिकाका अध्यक्ष नवराज केसीले शील्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीलाई गाँउपालिकाले स्वर्ण पदक विजेतालाइ रु ६००, रजत पदक विजेतालाइ ५०० र कास्य पदकका विजेतालाई नगद रु ४०० का दरले पुरस्कार समेत प्रदान गरेको थियो । 

आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता सन्चालन गराउने विषयमा मानेभञ्ज्याङ गाँउपालिका र खिजीदेम्वा गाँउपालिकाले दावी गरेपनि झण्डा हस्तान्तरण गरिएको छैन । दुवै गाँउपालिकामा रहेको खेलमैदानमा खेल सन्चालनको लागि पर्याप्त भौतिक पूर्वाधार नभएको कारणले हाल झण्डा हस्तान्तरण नगरेको र पछि छलफल पश्चात मात्रै झण्डा हस्तान्तरण गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।