चम्पादेवीमा चट्याङ लागेर खेलाडी विद्यार्थी सहित तीन घाइते
ओखलढुङ्गान्युज, बैशाख २ विलन्दु । जिल्लाको चम्पादेवी गाउँपालिकामा अबिरल वर्षासँगै परेको चट्याङका कारण तीनजना घाइते भएका छन् । मंगलबार (आज) दिउँसो करीब २:४५ तिर चम्पादेवी गाउँपालिका वडा नं. ९ बिलन्दु डल्लीडाँडामा परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन ।
घाइते हुनेहरुमा चम्पादेवी वडा नं ४ स्थायी घर भएकी खेलाडी विद्यार्थी सुस्मिता लाखे, वडा नं. ८ का स्थानीय दर्शक भूपाल नेपाली र चम्पादेवी ६ डाडागाँउका विद्यार्थी महेश तामाङ रहेका छन् ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको खेल हेर्ने क्रममा अचानक परेको अबिरल वर्षासँगै परेको चट्याङ लागेर खेल मैदान नजिकैको डाँडामा उनीहरु घाइते भएका हुन् ।
घाइते भएकाहरुलाई वडा नं. ९ का वडा अध्यक्ष एवम् पालिका प्रबक्ता सुजन पौडेल, वडा नं ८ का वडा अध्यक्ष हरि बराल, प्रतियोगितामा सुरक्षामा खटिएका प्रहरी तथा स्थानियको सहयोगमा बोलेरो मार्फत स्वास्थ्य संस्थामा पठाइएको छ ।
घटनाको बारेमा विस्तृत विवरण आउन बाकी रहेको छ ।