लिखु गाँउपालिकाका अध्यक्ष अशोक कुमार कार्कीलाइ मातृशोक
प्रकासित मिति : २०८२, १ बैशाख सोमबार १२:१०
प्रकासित समय : १२:१०
ओखलढुङ्गान्युज, बैशाख १, यसम । जिल्लाको लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्की तथा वडा नं. ४ यसमका वडा अध्यक्ष घन बहादुर कार्कीलाई मातृशोक परेको छ । अध्यक्ष कार्कीको आमा बाल कुमारी कार्कीको आज बिहान ९२ बर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि स्वास्थ्य समस्यासँगै जुध्दै आउनुभएकी आमालाई काठमाडौँमा उपचार पश्चात केहि समय अगाडी घरमा ल्याइएको थियो । निरन्तर अक्सिजनको सहयोगमा बेडमा रहनु भएकी आमाको आज शोमबार विहान साँढे ८ बजे घरमा नै निधन भएको हो ।
मृतक आमाकी ६ छोरा र ६ छोरी गरी १२ जना सन्तान रहेका छन् ।