आयोजक ‘ए’, ‘बी’, लिखु र आर्मी सेमिफाइनल प्रवेश
ओखलढुङ्गान्युज, ३० चैत । चम्पादेवी गाउँपालिकामा जारी अध्यक्ष कप दोश्रो संस्करण पुरुष भलिबल प्रतियोगीतामा सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा विभागिय टीम आर्मीको दुर्गाबक्स गण, चम्पादेवी गाउँपालिका आयोजक ए, लिखु गाँउपालिका र चम्पादेवी गाउँपालिका आयोजक बी सेमिफाइनल पुगेका छन् ।
शुक्रबार नै सेमिफाइनल सकाउने गरि सन्चालन गरिएको प्रतियोगितामा बर्षातले अबरुद्ध भएपछि अब सेमिफाइनल र फाइनल खेल शनिबार हुदैछ । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा खेलमा आयोजक ‘ए’ र आयोजक ‘बी’ भिड्नेछन् भने दोश्रो खेलमा लिखु गाँउपालिका र विभागिय टीम आर्मीको दुर्गाबक्स गण भिड्नेछन् । सेमिफाइनल सकिए लगत्तै फाइनल खेल सन्चालन हुने चम्पादेवी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष एवम् अध्यक्ष कप दोश्रो संस्करणका संयोजक विष्णु पुलामी मगरले जानकारी दिए ।
बर्षात जारी रहेपनि शुक्रबार नै महिला भलिबल तर्फको पहिलो सेमीफाइनलबाट चम्पादेवी वडा नं. २ फाइनलमा प्रबेश गरेको छ भने वडा नं. ९ टीम ‘बी’ तेश्रो स्थानका लागि हुने फाइनलमा प्रबेश गरेको छ । दोश्रो सेमिफाइनल भने वर्षातका कारण अबरुद्ध बनेको छ । शनिबार विहान वडा नं. १ र वडा नं. ९ टीम ‘ए’ का बीचमा दोश्रो सेमिफाइनल खेल हुनेछ ।
बर्षातका बीच पनि शुक्रबार महिलाको म्युजिकल चियर प्रतियोगिता, पुरुष तर्फको तानडोरी प्रतियोगिता, गोरु जुधाइ प्रतियोगिता र घोडा दौड प्रतियोगिता सकिएका छन् । बाँकी रहेका खेलहरु शनिवार नै सकाउने र समापन कार्यक्रम संचालन गरिने चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का वडा अध्यक्ष सुजन पौडेलले जानकारी दिए ।