नेपाली समय Loading...२०८२ बैशाख ५ शुक्रबार

लिखुमा चट्याङ लागेर एक पुरुष घाइते

ओखलढुङ्गान्युज, २८ चैत । विहिवार विहान चट्याङले लागेर लिखुमम एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा लिखु गाउँपालिका वडा नं. ५ यसम मझुवाका ४६ बर्षका हर्क श्रेष्ठ रहेका छन् ।

चट्याङले लागेर श्रेष्ठको टाउकोमा चोट लागेको लिखु गाउँपालिकाका प्रवक्ता एवम् लिखु गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहन कार्कीले जानकारी दिए । घाइते श्रेष्ठलाई गाँउपालिकाको एम्बुलेन्स मार्फत स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रबक्ता कार्कीले जानकारी दिए ।

प्रबक्ता कार्कीका अनुसार चट्याङले उक्त वडा नं. ५ का ५० भन्दा बढि घरधुरीमा रहेको विद्युतको वायरिङ र मिटरक्समा क्षति गरेको छ । चट्याङले लिखु क्षेत्रमा विद्युत अबरोध भएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहको छ ।