नेपाली समय Loading...२०८२ बैशाख ५ शुक्रबार

चम्पादेवीमा एक बृद्धको लडेर मृत्यु 

ओखलढुङ्गान्युज, २८ चैत । जिल्लाको चम्पादेवी गाउँपालिकाको फेदिगुठ सौरेनी भन्ने स्थानमा एक बृद्धको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका वडा नं. ४ फेदिगुठ, सौरेनीका ७३ बर्षका कटुवाल जेठा भनिने लाल बहादुर कटुवाल रहेका छन् ।

बुधबार अपरान्ह ५ बजेतिर घर छेउ नजिकै घाँस काट्ने क्रममा कटुवाल कान्लाबाट लडेका थिए । कान्लाबाट लडेका कटुवालको टाउकामा चोट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको चम्पादेवी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष इन्द्र केसीले जानकारी दिए ।