मोलुङमा भान्साबाट उछिटि्टएको आगोले एक घर जलेर नष्ट
ओखलढुङ्गान्युज, २५ चैत । जिल्लाको मोलुङ गाउँपालिका वडा नं २ मा भान्साबाट उछिट्टिएको आगोले एक घर जलेर नष्ट भएको छ । मोलुङ गाउँपालिका वडा नम्बर २ टेकनपुर बस्ने गजेन्द्र राईको घर जलेर नष्ट भएको हो ।
आइतबार राति करिब पौने ११ बजेतिर भान्सा कोठाबाट उछिट्टिएर निस्किएको आगोले राईको घर जलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । आगलागिबाट राईको ढुङ्गा माटोको गारो, ढुङ्गाकै छाना भएको एकतले भान्सा घर जलेर पूर्णरूपमा नष्ट भएको छ । आगलागिका कारण भान्सा कोठामा रहेको अन्नपात्र भाँडा बर्तन समेत जलेर नष्ट हुँदा करिब ९० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
मध्यराति करिब ११ बजेबाट सुरुवात भएको आगोलाई स्थानीयको सहयोगमा राति १ बजे नियन्त्रणमा लिइएको थियो । आगलागिका कारण कुनै मानवीय र पशु चौपाया भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।