नेपाली समय Loading...२०८१ चैत्र २५ सोमबार

खाल्टेमा ४५ दिने आधारभूत कम्प्यूटर तालिम सम्पन्न

ओखलढुङ्गान्युज, २४ चैत जिल्लाको लिखु गाउँपालिकामा सञ्चालित ४५ दिने आधारभूत कम्प्यूटर तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय ओखलढुङ्गाको आयोजना तथा लिखु गाउँपालिका वडा नं. ६ गाम्नाङटार खाल्टेको समन्वयमा भएको तालिमको आज सम्पन्न भएको हो ।

तालिमको समापन गर्र्दै लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले आफ्नै गाउँघरमा नै सञ्चालन भएको आधारभूत कम्प्युटर तालिमले स्थानीय युवाहरुलाई निकै फाईदा भएको बताए । आफूले सिकेका आधारभूत तालिमले आगामी दिनमा कम्प्युटरको अन्य तालिम गर्न बाटो खुलेको भन्दै आफूले सिकेका सिपलाई ब्यबहारमा उतार्न समेत तालिममा सहभागीहरुलाई अध्यक्ष कार्कीले अनुरोध गर्नुभयो । लिखु गाँउपालिकासम्म आएर वडा कार्यालयसँग समन्वय गरेर आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेकोमा जिल्ला घरेलु विकास कार्यालय ओखलढुङ्गालाई धन्यवाद समेत ब्यक्त गरे ।

गत फागुन १० देखी सुरुवात भएको तालिमको आज लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले औपचारीक कार्यक्रमका बिच समापन गरेका हुन् । घरेलु विकास कार्यालयले ४५ दिने तालिममा ५ जनालाई मात्र सहभागी गराउन सकिने जनाएको भएपनि वडा कार्यालयको समन्वयमा तालिममा १० जनालाई सहभागी गराएको लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले जानकारी दिए ।