ओखलढुङ्गा : घाँस काट्न गएका एक पुरुष मृत फेला
ओखलढुङ्गान्युज १४ चैत । जिल्लाको चिशंङखुगढी गाउँपालिकामा घाँस काट्न भनी गएका एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा चिशंङ्खुगढी गाउँपालिका वडा नम्बर १ कुइभिरका ६९ वर्षीय बडि हर्क राइ रहेका छन् ।
बुधबार दिउँसो घरबाट घाँस काट्न जान्छु भनी जंगलतर्फ गएकोमा उनी साँझसम्म पनि फर्केर नआएपछि परिवार र स्थानीयले खोजी कार्य थालेका थिए । खोजी गर्ने क्रममा बिहिबार बिहान ९:३० बजेतिर स्थानीय जयमान राईको खरबारीको भिरबाट लडी अन्दाजी ३०० मिटर तल झरी राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मनिष लुइटेलले जानकारी दिए ।
घटनाको बारेमा जानकारी हुनासाथ घटनास्थलमा खानीभन्ज्याङ प्रहरी चौकीको टोली पुगेको थियो । घटनाको अनुसन्धानको लागि अहिले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक लुइटेलले जानकारी दिए । घटनास्थलमा पुगेर प्रहरीले कानुनी प्रक्रिया पूरा गरिरहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।