नेपाली समय Loading...२०८१ चैत्र १ शुक्रबार

समाजसेवी मिलन विष्टले दिए टारकेराबारीलाई ११ थान स्टे«चर

ओखलढुङ्गान्युज, २० फागुन । जिल्लाको लिखु गाउँपालिकाका एक समाजसेवी युवाले आफ्नै गाउँमा ११ थान स्ट्रेचर हस्तान्तरण गरेका छन् । लिखु गाउँपालिका वडा नं. ९ पोकलीका मिलन विष्टले छिमेकी वडा टारकेराबारीका विभिन्न आमा समूह र स्वास्थ्य चौकीलाई ११ थान स्ट्रेचर शोमबार हस्तान्तरण गरेका हुन् ।

समाजसेवी विष्टले स्थानीय स्वास्थ्यकर्मी दीपा पौडेलको आग्रहमा आफूले टारकेराबारीका आमा समूह र स्वास्थ्य चौकीलाई उक्त स्ट्रेचर उपलब्ध गराएको बताए । स्ट्रेचर हस्तान्तरण गर्दै विष्टले टारकेराबारीका सम्मटार, गैरागाँउ, मजुवा, चुने, मुलाबारी, कोप्चे, डाँडाखर्क क्षेत्रका साथै हेल्थपोष्ट आसपासमा रहेका गर्भवती, सुत्केरी, असक्त विरामीहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

समाजसेवी विष्टको स्थायी ठेगाना लिखु ९ पोकली भएपनि पेशा व्याबसायको शिलशिलामा काठमाण्डौंमा नै बसोबास गर्दै आएका छन् । समाजसेवी विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिकाको नेकपा एमालेको तर्फवाट अध्यक्ष पदका उमेदवार समेत हुन् । उनले वर्तमान गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीसँग थोरै मतले मात्र पराजित हुन पुगेका थिए । गाउँपालिका अध्यक्षमा पराजित भएपनि आफ्नो बाचा अनुसार लिखु गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्दै आएका छन् ।