नेपाली समय Loading...२०८१ चैत्र १ शुक्रबार

माछा मार्ने क्रममा करेन्ट लाग्दा रामेछापमा एकको मृत्यु

ओखलढुङ्गान्युज, २१ माघ करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा रामेछापमा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ७ चिसापानीका सुरेश माझी रहेका छन् ।

तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा माझीलाई आफैंले बोकेको सोलारको एसी जोडेको ब्याट्रीमा तार सर्ट भएर करेन्ट लागेको थियो । आईतबार राती माझी साथिसँग तामाकोशीमा माछा मार्न गएका थिए । माझीको मृत्यु भएपछि उनीसँगै माछा मार्न गएका अन्य पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुसँग थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

विगत केही वर्षदेखि रामेछापको लिखु, तामाकोशी र सुनकोशी नदीमा दिउँसो सबैले देख्ने भएपछि  रातको समयमा अवैध रूपमा करेन्ट लगाए माछा मार्ने क्रम बढेको छ ।